Kathmandu Press

हिमाली  भेगमा हिमपातको सम्भावना

काठमाडौं, फागुन ८ : पश्चिम वायुको प्रभावले आज उच्चपहाडी तथा हिमाली  भेगमा हिमपातको सम्भावना रहेको छ । देशका पहाडी  भूभागमा अहिले आंशिक बदलीको अवस्था...
हिमाली  भेगमा हिमपातको सम्भावना

काठमाडौं, फागुन ८ : पश्चिम वायुको प्रभावले आज उच्चपहाडी तथा हिमाली  भेगमा हिमपातको सम्भावना रहेको छ ।

 देशका पहाडी  भूभागमा अहिले आंशिक बदलीको अवस्था छ । दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा आइतबार र सोमबार भने मौसममा उल्लेख्य बदलाव नहुने जनाइएको छ ।

प्रकाशित मिति: ०७:५४ बजे, शनिबार, फागुन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्