Kathmandu Press

गुठी र सार्वजनिक जग्गा स‌ंरक्षणमा स्थानीय सरकार

बुटवल, फागुन ८ : रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण सुरु गरेको छ। सबै जग्गाको लगत संकलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक...
गुठी र सार्वजनिक जग्गा स‌ंरक्षणमा स्थानीय सरकार

बुटवल, फागुन ८ : रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण सुरु गरेको छ।

सबै जग्गाको लगत संकलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक र पुरानो गुठीका रुपमा रहेको सियारी गाउँपालिका ३ भैसाखादरस्थित रामजानकी मठमन्दिरको नाममा रहेको जग्गामा केही भूमाफियाले चलखेल गरेपछि पालिकाले समुदायसमेत गुहारेको छ। उक्त जग्गा करिब २०० वर्ष पुरानो इतिहास बोकेको गुठी र मन्दिर क्षेत्र मानिने स्थानीयले जनाएका छन्। 

सो वडामा मात्रै गुठी तथा मन्दिरको नाममा करिब ६० बिघा जमिन रहेको छ। सोमध्येको जमिनमा मन्दिरका प्रमुख संरक्षक भनिएका रवीन्द्रनाथ वैष्णव (झा) को संलग्नतामा जमिन दुरुपयोग बढ्दै गएको स्थानीय सरकारले सुइको पाएपछि पालिकाले समुदायका अगुवा गुहार्दै काम थालेको छ। 

उनको भारतको उत्तरप्रदेशस्थित विहारको माधवपुरमा समेत घर छ। उनको त्यहाँको नागरिकता, आधारकार्ड, मतदाता नामावली र नेपालमा लिएको नागरिकताको प्रमाणपत्रसमेत पालिकाले प्रमाणका रुपमा संकलन गरेको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जानकारी दिए।  

वैष्णव (झा) ले जग्गा संरक्षणका नाममा आफूखुशी गर्ने, लिजमा दिएरसमेत गैरकानूनी काम गरेपछि त्यसलाई रोक्न पालिकाले आफ्नो अधिकारको प्रयोग गरेको थियो। स्थानीय अगुवाले पालिकाले सुरु गरेको संरक्षणलाई स्वागत गर्दै उनीहरुले संरक्षण गरेर जग्गाको सही सदुपयोग हुनुपर्ने, स्थानीय पालिकाको वैधानिक आयस्रोतका रुपमा विकास गर्नुपर्ने पनि माग गरेका छन्।

पालिकाले एक बिघालाई वार्षिक १८ हजार मन्दिर व्यवस्थापन समितिमा बुझाउने गरी गाउँका विपन्नलाई खेती गर्न दिएको छ। करिब २८ बिघा जग्गा समुदायका विपन्न समुदायले वार्षिकरुपमा लिजमा लिएका छन्।

सो जमिनमध्ये केहीमा खेती भइरहेको छ भने कतिपयमा यस्तै चलअचल सम्पत्ति रहेको छ। मठको जग्गा यकिन गरी जग्गा संरक्षण तथा इतिहास बोकेको रामजानकी मन्दिर संरक्षण गरिने सियारी गाउँपालिका अध्यक्ष थारुले बताए।

भने, ‘सो मठका महन्त प्रमुख संरक्षक भनिने रवीन्द्रदास वैष्णवले गुठीको सम्पत्तिको दुरुपयोग गरे, मन्दिरको विकास गरेनन् मन्दिरको विकास हुन नसक्दा स्थानीय पनि रुष्ट छन्।’ राज्यको ऐन–नियमअनुसार मन्दिर तथा मठको जग्गा संरक्षण र विकास गरिने उनले जानकारी दिए। (रासस)

प्रकाशित मिति: ०७:३९ बजे, शनिबार, फागुन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्