Kathmandu Press

चुनाव हुन्छ, ढुक्क हुनुहोस् : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानले अयोजना गरेको कार्यक्रममा...
चुनाव हुन्छ, ढुक्क हुनुहोस् : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानले अयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा चुनाव हुने बताउँदै जनतालाई ढुक्क भएर मतदान गर्न आग्रह गरे ।

उनले लोकतन्त्रमा अपरिहार्य रहेको बताए । ‘केही व्यक्तिले चुनाव भए लोकतन्त्र समाप्त हुन्छ भन्दै छन् । लोकतन्त्रमा चुनाव अपरिहार्य कुरा हो,’ ओलीले भने । निर्वाचन हुन षड्यन्त्रहरु भइरहेको बताउँदै ओलीले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले जनतालाई आभास हुने गरी निर्वाचनको तयारी तीव्ररुपमा गर्न निर्वाचन आयोगका पदाधिकारीलाई पनि निर्देशन दिए ।  लोकतन्त्र सुदृढ गर्न निर्वाचन आवश्यक भएको प्रधानमन्त्रीको भनाइ थियो।

ताजा जनादेशका लागि प्रतिनिधिसभा भंग गरेको बताउँदै ओलीले जनमत लिनका लागि कोही पनि डराउन नहुने बताए । ‘बहुमतका नाममा पार्टी फुटाउने चक्रब्युहको रचना गरिएकाले त्यसअघि नै चक्रब्युह तोडिएको छ,’ ओलीले भने, ‘बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन दिइँदैन ।’

 

 

प्रकाशित मिति: १९:५९ बजे, शुक्रबार, फागुन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्