Kathmandu Press

‘नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन’

काठमाडौं, फागुन ७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले  निर्वाचन गरेर नयाँ जनादेश लिन खोज्नु प्रतिगामी कदम नभएको बताएका...
‘नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन’

काठमाडौं, फागुन ७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले  निर्वाचन गरेर नयाँ जनादेश लिन खोज्नु प्रतिगामी कदम नभएको बताएका छन् ।

इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भंग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको बताए ।

उनले ले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भन्नु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको प्रतिक्रिया दिए। नेता नेम्वाङले तोकिएकै समय चुनाव हुने दाबी गरे।

उनले अब कसैले पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने उल्लेख गरे।  सबैका हक र अधिकारलाई संविधानमा उल्लेख गरिएको र   आवश्यकताअनुसार संविधान संशोधन गरेर अधिकार थपघट गर्न सकिने नेम्वाङले बताए।

 

प्रकाशित मिति: १९:४३ बजे, शुक्रबार, फागुन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्