Kathmandu Press

कांग्रेस वरिष्‍ठ नेता पौडेलको प्रश्‍न- २७ वैशाखपछि शासनको प्राधिकार कोसँग?

धरान, फागुन ७ : कांग्रेस वरिष्‍ठ नेता रामचन्द्र पौडेलले २७ फागुनसम्ममा निर्वाचन नभएमा शासनको प्राधिकार कोसँग हुन्छ भन्ने अन्योल देखिएको बताएका छन्।
कांग्रेस वरिष्‍ठ नेता पौडेलको प्रश्‍न- २७ वैशाखपछि शासनको प्राधिकार कोसँग?

धरान, फागुन ७ : कांग्रेस वरिष्‍ठ नेता रामचन्द्र पौडेलले २७ फागुनसम्ममा निर्वाचन नभएमा शासनको प्राधिकार कोसँग हुन्छ भन्ने अन्योल देखिएको बताएका छन्।

धरानस्थित बीपी पार्कमा शुक्रबार स्वर्गीय बीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गर्दै पौडेलले भने, ‘यो चुनाव त हुनेवाला छैन। वैशाख २७ पछि शासनको अधिकार कोसँग हुन्छ। चुनाव गर्छु भनेकाले वैशाख २७ सम्म केपी ओलीसँग शासन गर्ने अधिकार होला तर त्यसभन्दा पछि शासन गर्ने अधिकार कोसँग हुन्छ?’

त्यतिबेला जोसँग हतियार छ उसैले ‘च्यालेन्ज’ गर्ने अवस्था आउन सक्नेमा पौडेलले सचेत गराए। ‘त्यसपछि यो राज्यलाई नेत्रविक्रम चन्दहरूले पनि च्यालेन्ज गर्ने भए, सेनाले पनि च्यालेन्ज गर्ने भए, जोसँग हतियार छ, उसैले राज्यलाई च्यालेन्ज गर्ने भए,’ पौडेलले भने, ‘जोसँग हतियार छ, उही शक्तिशाली हुने दिन आउँछन्।’

आफू प्रतिनिधिसभा पुनर्स्थापनाको  पक्षमा रहेको पौडेलले स्पष्‍ट गरे। ‘अब हामीले भन्‍नुपर्छ मुलुक र जनतालाई भरोसा दिन्छौँ, संविधान र लोकतन्त्र जोगाउँछौँ। नेपाली जनताको ७० वर्षसम्मको पसिना खेर जान दिँदैनौँ,’ पौडेलले भने, ‘यो परिवर्तन हामी जोगाउँछौ भनेर कांग्रेसले भन्‍नुपर्छ। यो संविधान र यो लोकतन्त्र जोगाउनका लागि हामीले कुनै पनि मूल्य चुकाउनुहुँदैन।’
 

प्रकाशित मिति: १९:१६ बजे, शुक्रबार, फागुन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्