Kathmandu Press

प्रदेश प्रमुख बर्खास्त र नियुक्ति स्वेच्छाचारी : कांग्रेस

काठमाडौं, फागुन ७ : प्रदेश-२ का प्रदेश प्रमुख तिलक परियारको बर्खास्ती र राजेश झा ‘अहिराज’को नियुक्तिप्रति कांग्रेसले विरोध जनाएको छ।
प्रदेश प्रमुख बर्खास्त र नियुक्ति स्वेच्छाचारी : कांग्रेस

काठमाडौं, फागुन ७ : प्रदेश-२ का प्रदेश प्रमुख तिलक परियारको बर्खास्ती र राजेश झा ‘अहिराज’को नियुक्तिप्रति कांग्रेसले विरोध जनाएको छ।

‘संसद् विघटनको असंवैधानिक कदमपछि काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति गर्न विल्कुलै मिल्दैन र पाइन्‍न,’ कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘अतः यसप्रति कडा विरोध जनाउँदै कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ ।’

अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको विज्ञप्तिमा उल्लेख छ । ‘आज फेरि त्यही प्रवृत्ति दोहोर्‍याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्‍नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’
 

प्रकाशित मिति: १८:५९ बजे, शुक्रबार, फागुन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्