सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली
७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले लोकतान्त्रिक बाटो नबिराउने र संविधान नमिच्ने बताएका हुन् ।
काठमाडौं , फागुन ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले कुनै हालतमा संविधान नमिच्ने बताएका छन् ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले लोकतान्त्रिक बाटो नबिराउने र संविधान नमिच्ने बताएका हुन् ।
‘जनताको अभिमत भन्दा विपरित जाँदैन र जान पनि दिँदैन’, प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ ।’
देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले निर्वाचित मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।
उनले सरकारले तोकेकै मितिमा निर्वाचन हुने भएकाले त्यसतर्फ लाग्न सबैलाई आग्रह गरे ।
प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार