Kathmandu Press

आधिकारीकता माग गर्दै निर्वाचन आयोग जाने तयारीमा दाहाल–नेपाल समूह

काठमाडौं, फागुन ७ : नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता, हस्ताक्षरसहित दाहाल–नेपाल पक्षको...
आधिकारीकता माग गर्दै निर्वाचन आयोग जाने तयारीमा दाहाल–नेपाल समूह

काठमाडौं, फागुन ७ : नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।

बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता, हस्ताक्षरसहित दाहाल–नेपाल पक्षको आधिकारिकता माग गर्दै निर्वाचन आयोग जाने विषयमा छलफल हुने बताइएको छ । 

केन्द्रीय कमिटी बैठक बस्नुअघि नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्नेछ । आफूसँग स्पष्ट बहुमत हुँदा पनि आयोगले आधिकारिकता नदिएपछि दाहाल–नेपाल पक्षले केन्द्रीय कमिटीका नेताहरुको नागरिकता र हस्ताक्षर आयोगलाई बुझाउने तयारी गरेको हो ।

दाहाल–नेपाल समूहले आधिकारिकताका माग गर्दै फेरि आयोगमा निवेदन समेत दिएको छ । तरनिर्वाचन आयोगले भने कुनै निर्णय गरेको छैन् ।  

प्रकाशित मिति: ११:०८ बजे, शुक्रबार, फागुन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्