Kathmandu Press

‘सरकारका कारण प्रजातन्त्र खतरामा’

काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारका कारण प्रजातन्त्र खतरामा परेको बताएका छन् । सरकार  हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि...
‘सरकारका कारण प्रजातन्त्र खतरामा’

काठमाडौं, फागुन ७ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारका कारण प्रजातन्त्र खतरामा परेको बताएका छन् । सरकार  हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको उनले बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता सिंहले ठूलो संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्र पटक–पटक संकटमा पर्दै आएकाले  विधिको शासन र नागरिक स्वतन्त्रतामाथि अझै प्रहार भइरहेकाे बताए । 

‘अभिव्यक्ति स्वतन्त्रता, नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालका विधेयकहरू ल्याउनु र संविधानमा हुँदै नभएको व्यवस्था छ भनेर प्रतिनिधिसभा विघटन गर्नुले सरकारको अप्रजातान्त्रिक आकांक्षा छर्लंग बनाएको छ,’ नेता सिंहले लेखेका छन्– ‘संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व यतिबेला हाम्रो काँधमा छ । त्यस्तै पार्टीका गतिविधि पनि प्रजातान्त्रिक तवरबाट अगाडि बढाउनु पर्ने दायित्व हामीमा छ ।’

उनले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीलाई विधिसम्मत ढंगबाट अघि बढाएर आन्तरिक प्रजातन्त्र मजबुत गर्नुपर्ने चुनौति कांग्रससामु रहेको उल्लेख गरेका छन् ।   


 

प्रकाशित मिति: १०:२६ बजे, शुक्रबार, फागुन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्