फिफाको नयाँ वरीयता सार्वजनिक, नेपाल पुरानै स्थानमा यथावत
काठमाडौं, फागुन ७ : नेपाल फिफा वरीयतामा पुरानै स्थानमा यथावत् रहेको छ।फिफाले बिहिबार जारी गरेको वरीयताको नयाँ सूचीमा नेपाल पुरानै १ सय १७...
काठमाडौं, फागुन ७ : नेपाल फिफा वरीयतामा पुरानै स्थानमा यथावत् रहेको छ।
फिफाले बिहिबार जारी गरेको वरीयताको नयाँ सूचीमा नेपाल पुरानै १ सय १७ औं स्थानमा छ। वरीयताको शीर्ष स्थानमा युरोपेली देश बेल्जियम नै छ भने दोस्रो स्थानमा पनि फ्रान्स नै छ। नयाँ सूचीमा सुरुका ३२ औं स्थानसम्म कसैको स्थान तलमाथि भएको छैन।
त्यस्तै दक्षिण एसियाको वरीयतामा श्रीलंका सबैभन्दा पुछारमा अर्थात् २ सय ६ स्थानमा यथावत् छ। त्यसैगरी पाकिस्तान २ सय औं स्थानमा यथावत् भुटान १८९ औं स्थानमै छ भने बंगलादेश पनि १८६ औं स्थानमै छ।
माल्दिभ्स १५५ औं स्थानमै रहँदा अफगानिस्तान १५० औं स्थानमा छ। भारत पनि १०४ औं स्थानमा छ।
प्रकाशित मिति: ०८:२१ बजे, शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











