Kathmandu Press

सन्दीप लामिछाने आईपीएलमा 'अनसोल्ड'

काठमाडौं, फागुन ६ : इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औँ संस्करणका लागि लागि नेपाली खेलाडी सन्दीप लामिछानेलाई कुनै पनि टिमले लिएनन्।बिहीबार भारतको चेन्नईमा भएको...
सन्दीप लामिछाने आईपीएलमा 'अनसोल्ड'

काठमाडौं, फागुन ६ : इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औँ संस्करणका लागि नेपाली खेलाडी सन्दीप लामिछानेलाई कुनै पनि टिमले लिएनन्।

बिहीबार भारतको चेन्नईमा भएको आइपीएलको अक्सनमा लामिछाने ‘अनसोल्ड’ रहे। आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राखेका थिए।

उनलाई अनुबन्ध गर्न आईपीएलको कुनै पनि टोलीले रुचि देखाएनन्। लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आईपीएल खेलेका थिए।

उनी त्यतिवेला ३२ लाखमा अनुबन्ध भएका थिए। सन् २०१९ र सन् २०२० मा  दिल्लीको टोलीमा रहेका लामिछानेलाई यसपटक फुकुवा गरेपछि अक्सनमा सहभागी भएका थिए।

सन् २०१८ को आईपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिएका थिए। दोस्रो वर्ष सन् २०१९ को आईपीएलमा लामिछानेले ६ खेलमा आठ विकेट लिएका थिए।

तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उनलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन।

प्रकाशित मिति: २०:०२ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्