Kathmandu Press

टोकियो ओलम्पिक प्रमुखमा हासिमोतो

टोकियो, फागुन ६ : ओलम्पियन एवं जापानकी ओलम्पिक मन्त्री सेइको हासिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी छिन्।महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि...
टोकियो ओलम्पिक प्रमुखमा हासिमोतो

टोकियो, फागुन ६ : ओलम्पियन एवं जापानकी ओलम्पिक मन्त्री सेइको हासिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी छिन्।

महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि ८३ वर्षीय पूर्वप्रमुख योशिरो मोरीले पदबाट केही दिन पहिले राजिनामा दिएका थिए। बिहीबार हासिमोतो टोकियो आलम्पिक प्रमुख चयन भएकी हुन्।

स्पीड स्केटिङ्’ र ‘स्प्रिन्ट साइक्लिस्ट’मा सात पटकसम्म जापानको प्रतिनिधित्व गरी ओलम्पिकमा सहभागिता जनाएकी हासिमोतो जापानको मन्त्रिपरिषद्मा दुई जना महिलामध्ये एक हुन्। उनले खेलको जिम्मेवारी सम्हाल्ने निश्चित भएपछि बिहीबार नै प्रधानमन्त्री समक्ष मन्त्री पदबाट राजिनामा दिएकी थिइन्।

महिलामाथि लैङ्गिक विभेद् गरेको भनिएको मोरीको अभिव्यक्तिलाई लिएर जापानका साथै विश्वभर कडा आलोचना भएको थियो। जसले गर्दा उनी राजिनामा दिन बाध्य भएका थिए।

टोकियो २०२० खेलको प्रमुख पद सम्हालेपछि हासिुमोतोले भनिन्, खेलको सफलताका लागि मेरो प्रयास रहनेछ। खेल सफलताका लागि कोरोना भाइरसको महामारी प्रमुख चुनौती रहेको, तर खेलका स्वदेशी तथा विदेशी सहभागी तथा दर्शकको सुरक्षाका लागि कुनै कसर बाँकी नराखिने उनले बताइन्।

टाकियो २०२० का उपाध्यक्ष तासियाकी एन्डोले नयाँ प्रमुखलाई स्वागत गर्दै भने, “खेलको पाँच महिनाअघि मोरीको प्रस्थान तयारीको दृष्टिकोणबाट अत्यन्त दुःखद् हो।”

प्रकाशित मिति: १९:४२ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्