Kathmandu Press

जनता र राजाको सहमति आवश्यक भएको पूर्वराजाको सन्देश

काठमाडौं, फागुन ६ : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै जनता र राजाको सहमति आवश्यक भएको बताएका छन्।७१औँ प्रजातन्त दिवसका...
जनता र राजाको सहमति आवश्यक भएको पूर्वराजाको सन्देश

काठमाडौं, फागुन ६ : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै जनता र राजाको सहमति आवश्यक भएको बताएका छन्।

७१औँ प्रजातन्त दिवसका अवसरमा बिहीबार शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले राजा त्रिभुवन, शहीद र जनताको योगदानले नेपालमा प्रजातन्त्र आएको स्मरण गरेका छन्। उनले अहिले पनि सहमति आवश्यक रहेको औल्याउँदै भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको प्रजातन्त्रको रक्षा पनि सहमतिबाटै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसूस आम नेपालीले गरिरहेका छन्।’

उनले प्रजातन्त्रलाई आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि भनेका छन्।‘'प्रजातन्त्र भनेको आवधिक निर्वाचत र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवन पद्धति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटुट रहन्छ,’ विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्।

 

प्रकाशित मिति: १९:१२ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्