मन्त्रिपरिषदका निर्णय सार्वजनिक, २० लाख डोज कोभिसिल्ड खोप खरिद गरिने
सरकारले सबै नागरिकलाई निःशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बीस लाख डोज कोभिसिल्ड खोप सोझै खरिद गर्न सक्ने गरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ ।काठमाडौं, फागुन ६ : नेपाल सरकारले फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले सबै नागरिकलाई निःशुल्क कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बीस लाख डोज कोभिसिल्ड खोप सोझै खरिद गर्न सक्ने गरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ ।
‘सोको सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिरिक्तांक गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ निर्णयमा उल्लेख छ ।
त्यस्तै माघ १५ र १९ गतेकाे निर्णय पनि सार्वजनिक गरिएकाे छ ।
प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











