Kathmandu Press

पौडेलको आरोप– कम्युनिस्ट पार्टीले देश सञ्चालन र विकास गर्न सकेन

पोखरा, फागुन ६ : वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले पाँच वर्ष सरकार चलाउने अधिकार दिए पनि कम्युनिस्ट पार्टीले मुलुक सञ्चालन र विकास गर्न नसकेको...
पौडेलको आरोप– कम्युनिस्ट पार्टीले देश सञ्चालन र विकास गर्न सकेन

पोखरा, फागुन ६ : वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले पाँच वर्ष सरकार चलाउने अधिकार दिए पनि कम्युनिस्ट पार्टीले मुलुक सञ्चालन र विकास गर्न नसकेको आरोप लगाएका छन् ।  नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशस्तरीय सम्मेलनमा पौडेलले  सो आरोप लगाएका हुन्।

पार्टीको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले गलत गरेको आरोप लगाउँदै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने विश्वास व्यक्त गरे।

नेपालमा अस्थिरता उत्पन्न गरी मुलुकलाई गृहयुद्धमा धकेल्न देशी विदेशी शक्ति लागेको उल्लेख गर्दै उनले त्यसविरुद्ध कांग्रेसले पहरेदारका रुपमा आप्mनो भूमिका निर्वाह गर्ने बताए।

प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्