Kathmandu Press

मोरिस बने आईपिएलका महँगा खेलाडी

सर्वाधिक महँगा खेलाडीको सूचमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् । आजै भएको अक्सनमा उनलाई रोयल च्यालेन्जर्स बैंग्लोरले १४ करोड २ लाख रुपैयाँमा किनेको छ। 
मोरिस बने आईपिएलका महँगा खेलाडी

काठमाडौं, फागुन ६ : दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस आइपिएल इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । १४औं संस्कणको आइपिएलका लािग मोसिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख रुपैयाँमा किनेको छ। चेन्नईमा जारी अक्सनमा मोसिसलाई भित्र्याउन राजस्थानले पञ्जाब किंग्स र मुम्बर्य इन्डियन्सलाई पछि पारेको थियो ।

यसअघि युवराज सिंह आइउपिएलका महँगा खेलाडी थिए । उनलाई सन् २०१५मा  दिल्ली क्यापिटल्सले १६ करोड रुपैयाँमा किनेको थियो । तेस्रो स्थानमा पाट कमिन्स छन्, गत सिजन उनलाई कोलकाता नाइट राइडर्सले १५ करोड ५० लाख रुपैयाँमा निेको थियो । यस्तै, चौथो स्थानमा बेन स्टोक्स छन्, सन् २०१७ मा उनी १४ करोड ५० लाख रुपैयाँमा राइजिङ पुने सुपर जाइन्ट्समा आबद्ध भएका थिए ।

सर्वाधिक महँगा खेलाडीको सूचमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् । आजै भएको अक्सनमा उनलाई रोयल च्यालेन्जर्स बैंग्लोरले १४ करोड २ लाख रुपैयाँमा किनेको छ। 

यसैगरी चेन्नईमा जारी अक्सनमा इंग्ल्यान्डका अलराउन्डर मोइन अलीलाई चेन्नई सुपर किंग्सले ७ करोडमा किनेको छ भने इन्डियन अलराउन्डर शिवम दुवेलाई राजस्थानले ४ करोड ४० लाख रुपैयाँमा अनुबन्धन गरेको छ। यस्तै, बंगलादेशका अलराउन्ड सकिब अल असन पुनः कोलकाता नाइट राइडर्समा फर्किएका छन् । अघिल्लो सिजन नबिकेका सकिबलाई कोलकाताले ३ करोड २० लाखमा किनेको हो ।

मिनी अक्सनबाट यस्तै, स्टेभन स्मिथ २ करोड २० लाख रुपैयाँमा दिल्ली क्यापिटल्समा र डेविड मलान १ करोड ५० लाखमा पञ्जाबमा आबद्ध भएका छन् ।  यस्तै, करुण नायर, एलेक्स हल्स, जासन रोए, इभान लेविस, आरोन फिन्च, हनुमान बिहारी र केदार जाधवलगायत खेलाडीलाई भने अक्नसमा कसैले बोली लगाएनन् ।
 

प्रकाशित मिति: १७:०० बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्