नारायणहिटी संग्रहालय अगाडि महानगरको कन्सर्ट (फोटो फिचर)
काठमाडौं, फागुन ६ : दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि बिहीबार भव्य कन्सर्टसहितको कार्यक्रम गर्न लागिएको छ । सोही स्थानमा प्रधानमन्त्री तथा ओली समूहले माघ २३...
काठमाडौं, फागुन ६ : दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि बिहीबार भव्य कन्सर्टसहितको कार्यक्रम गर्न लागिएको छ । सोही स्थानमा प्रधानमन्त्री तथा ओली समूहले माघ २३ गते नारायणहिटी संग्रहालयलाई पृष्ठभूमि बनाएर भव्य जनसभा गरेको थियो।
बिहीबार साँझ काठमाडौं महानगरपालिकाले कन्सर्टसहितको कार्यक्रम गर्न लागेको हो । ‘राष्ट्रिय प्रजातन्त्र दिवस' का अवसरमा आयोजित कार्यक्रमको नाम 'सडक सांस्कृतिक महोत्सव’ दिइएको छ।
कार्यक्रमका लागि स्टेजलगायतका आवश्यक व्यवस्थापनका लागि सडक नै बन्द गरिएको छ। 




प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)