Kathmandu Press

चीनको सुनखानीमा भएको आगलागीमा ६ जनाको मृत्यु 

चीनको सुनखानीमा भएको आगलागीमा ६ जनाको मृत्यु 

काठमाडौं, फागुन ६ : पूर्वी चीनको सानडोङ प्रान्तको सुनखानीमा आगालागी भएको छ । आगालागीमा परि छ जनाको मृत्यु भएको छ भने चार जनाको उद्दार गरिएको छ । उद्धार गरिएका चार जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । 

बुधबार जाइउन शहरको काइजिवान सुन खानी मर्मतको क्रममा आगलागी भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीले जनाएको छ । 

Hardik ivf

दश जना कामदारहरु खानीमा फसेका थिए । एक महिनाभन्दा कम अवधिमा सनडोङ सुनखानीमा भएको आगलागीको यो दोस्रो ठूलो घटना हो ।

जनवरीमा हुसानखानीमा भएको बिस्फोटमा परि दश जनाको मृत्यु भएको थियो भने ११ जना कामदारको दुई साता पछि खानीबाट उद्दार गरिएको थियो । 
 

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्