Kathmandu Press

अदालतको अवहेलना नगरेको दाबी गर्दै सर्वोच्चमा प्रधानमन्त्रीको लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले  अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका छन् । उनले अदालतको आदेश पालना गर्दै लिखित जवाफ पेस गरेका हुन्।
अदालतको अवहेलना नगरेको दाबी गर्दै सर्वोच्चमा प्रधानमन्त्रीको लिखित जवाफ

काठमाडौं, फागुन ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले  अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका छन् । उनले आज सर्वोच्च पुगेर  अदालतको अवहेलना मुद्दामा  लिखित जवाफ पेस गरेका छन् ।

ओलीले अदालतले सात दिनभित्र लिखित जवाफ पेस गर्न दिएको आदेश पालना गर्दै  जवाफ पेस गरेका हुन् ।

‘मेरो सम्मानित अदालतप्रति उच्च सम्मान रहेको छ । लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नुसमेत दुराग्रहपूर्ण छ,’ लिखित जवाफमा उल्लेख छ ।

उनले अदालतको अवहेलना नगरेको दाबी गरे । उनले रिट निवेदकले चर्चामा आउन आफूविरुद्ध रिट दायर गरेकोसमेत बताए । 

लिखित जवाफकाे पूर्ण पाठ :

प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्