घान्द्रुकमा न्यानो कपडा बितरण
काठमाडौं, फागुन ६ : कास्कीकोअन्नपूर्ण गाउपालिका–१०स्थित परियार बस्तीमा संस्कार समाज नेपालले न्यानो कपडा वितरण गरेको छ । संस्कार समाज नेपालको १५९ औं शृंखला...काठमाडौं, फागुन ६ : कास्कीकोअन्नपूर्ण गाउपालिका–१०स्थित परियार बस्तीमा संस्कार समाज नेपालले न्यानो कपडा वितरण गरेको छ । संस्कार समाज नेपालको १५९ औं शृंखला अन्तर्गत परियार बस्तीमा न्यानो कपडा वितरण गरेको हो । अध्यक्ष पशुपति गुरूङको आर्थिक सहयोगमा परियार बस्तीमा न्यानो कपडा वितरण गरिएको हो ।
तीन वर्षदेखि जनचेतनामूलक कार्यक्रम गर्दै आएको संस्थाले कोभिड–१९ का महामरीमा राहत कार्यक्रमसमेत संचालन गरेको संस्थाले परियार बस्तीका २६ परिवारलाइ न्यानो कपडा वितरण गरेको सचिव प्रकाश समिरले जानकारी दिए ।
न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष गुरूङले आफू लुगा लिएर नभई माइतीलाई कोसेली लिएर आएको बताइन् । उनले चेलीको कोसेली स्वीकार गर्न पनि आग्रह गरिन् । उनले संस्कार समाज नेपालको अभियानबारे बताउँदै काम गर्ने संस्कारको विकास गर्न आग्रह पनि गरिन्।
प्रकाशित मिति: ११:२३ बजे, बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१