परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध, निरीक्षक र केन्द्राध्यक्षलाई कारबाही
काठमाडौं, फागुन ६ : परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा परीक्षा...
काठमाडौं, फागुन ६ : परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा परीक्षा समयमै टिकटक बनाएका परीक्षार्थी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्ध गरिदिएको हो ।
बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ । यस्तै, विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस समेत गरेको छ ।
प्रकाशित मिति: ०७:४४ बजे, बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











