गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं, फागुन ६ : गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै, ६ जना घाइते भएका छन् ।रेसुङ्गा नगरपालिका १४...
काठमाडौं, फागुन ६ : गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै, ६ जना घाइते भएका छन् ।
रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा लु १ ज १९८८ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अरु ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: ०७:१५ बजे, बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











