Kathmandu Press

कोभिड-१९ विरुद्ध इजरायली वैज्ञानिकले तयार पारे श्वासप्रश्वासबाट दिइने औषधि

कोभिड-१९ विरुद्ध संसारभर खोप बनाउने लहर छ। इजरायलका वैज्ञानिकले भने कोभिड-१९ विरुद्ध औषधि तयार पारेका छन्, जसलाई श्वासप्रश्वासको माध्यमबाट बिरामीलाई दिइन्छ।
कोभिड-१९ विरुद्ध इजरायली वैज्ञानिकले तयार पारे श्वासप्रश्वासबाट दिइने औषधि

काठमाडौं, फागुन ३ : कोभिड-१९ विरुद्ध संसारभर खोप बनाउने लहर छ। इजरायलका वैज्ञानिकले भने कोभिड-१९ विरुद्ध औषधि तयार पारेका छन्, जसलाई श्वासप्रश्वासको माध्यमबाट बिरामीलाई दिइन्छ।

तेलअभिवस्थित इचिलोभ अस्पतालका प्राध्यापक नादिर आर्बर र डा. सिरान सापिराले उक्त औषधि तयार पारेका हुन्। औषधिको नाम ‘सीडी २४ एक्जोसम्स’ जुराइएको छ, जसलाई श्वासयन्त्र (इन्हेलर)मार्फत सीधा बिरामीको फोक्सोमा पुर्‍याइन्छ।

कोरोना भाइरसले सबैभन्दा पहिले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ, जसलाई वैज्ञानिकहरूले ‘साइटोकाइन स्टर्म’ नाम दिएका छन्। सीधा फोक्सोमा कोरोना भाइरसको आक्रमण रोक्न ‘सीडी २४’ सफल देखिएको बुधबार आयोजित विश्वव्यापी भर्चुअल पत्रकार सम्मेलनमा प्राध्यापक आर्बर र डा. सिरानले जानकारी दिए।

उक्त औषधिको पहिलो चरणको क्लिनिकल परीक्षण सकिएको छ। हालसम्मको  परिणामअनुसार मध्यम र गम्भीर प्रकृतिका कोरोना संक्रमितको शरीरमा प्रोटिन प्रतिरक्षा प्रणालीलाई शान्त राख्दै भाइरसको आक्रमण बचाउन मद्दत मिलेको प्राध्यापक आर्बरले जानकारी दिए।

हालसम्म ३० जना बिरामीमा यसको परीक्षण गरिएको छ। र, उनीहरू सबै तीनदेखि पाँच दिनभित्र संक्रमण निको भएर घर फर्केका छन्।
 

प्रकाशित मिति: २१:१३ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्