Kathmandu Press

मोटरसाइकल चोरी गरेको अभियोगमा सात जना पक्राउ

काठमाडौं, फागुन ५ :   मोटरसाइकल चोरी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ओखलढुंगा लिखु गाउँपालिका–९ का २२ वर्षीय...
मोटरसाइकल चोरी गरेको अभियोगमा सात जना पक्राउ

काठमाडौं, फागुन ५ :   मोटरसाइकल चोरी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ओखलढुंगा लिखु गाउँपालिका–९ का २२ वर्षीय कुलबहादुर तामाङ, ओखलढुंगा खिजी देम्बा गाउँपालिका–२ का २८ वर्षीय पञ्चमान तामाङ, ओखलढुंगा लिखु गाउँपालिका–९ का २४ वर्षीय गोविन्द गौतम रहेका छन् ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढु‌गाको समन्वयमा ओखलढुङ्गाबाट पक्राउ गरिएको हो। 

यसैगरी माघ ४ गते राति भक्तपुर भक्तपुर नगरपालिका–७ स्थित आदर्शचोकमा जाँच गर्ने क्रममा बा९ प ८९६४ नम्बरको हरिगोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरुमा ललितपुर धोबिघाट बस्ने दोलखा शैलुङ गाउँपालिका–४ का २७ वर्षीय  अभिषेक योञ्जन र भक्तपुर सूर्यविनायक बस्ने दोलखा शैलुङ गाउँपालिका–६ का १९ वर्षीय सुमन नेपाली रहेका छन्। 

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ स्थित अरनिको राजमार्गमा प्रदेश ३–०२–०१७ प–७०४८ नम्बरको कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  भक्तपुर सूर्यविनायकमा बस्ने दोलखा शैलुङ गाउँपालिका–२ का २३ वर्षीय फुर्वा तामाङ र २१ वर्षीय राजु तामाङ रहेका छन्। 

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्