Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, फागुन ५ : जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ।बुधबार बसेको जसपा पदाधिकारी बैठकले फागुन ९ गते देशव्यापी...
प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, फागुन ५ : जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ।

बुधबार बसेको जसपा पदाधिकारी बैठकले फागुन ९ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो। जसपा पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रेस विज्ञप्ति जारी गरि प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्।

जसपाले फागुन ९ गते देशभरिका सम्पूर्ण महानगर, उपमहानगरनगर, गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्नेछ।

त्यस्तै, काठमाडौंको रत्नपार्कमा पार्टीनिकट सबै भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला पार्टीले संयुक्त जनप्रदर्शन तथा विरोधसभा गर्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएयता जसपाले विरोध गर्दै आएको छ।

 

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्