जिपको ठक्करबाट बालकको मृत्यु
कालिकोट, फागुन ५ : रास्कोट नगरपालिका–६ सान्नीघाटमा भे१ज ११४९ नम्बरको जिपले बुधबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने गोविन्द सिम्खडाका ३ वर्षीय छोरा मनोज...
कालिकोट, फागुन ५ : रास्कोट नगरपालिका–६ सान्नीघाटमा भे१ज ११४९ नम्बरको जिपले बुधबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने गोविन्द सिम्खडाका ३ वर्षीय छोरा मनोज सिम्खडाको घटनास्थलमै मृत्यु भएको छ ।
जिप चालक इलाम सन्दकपुर गाउँपालिका–३ का ३५ वर्षीय उमाकान्त पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:२६ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












