Kathmandu Press

'बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छ’ 

'बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छ’ 

काठमाडौं, फागुन ५ :  वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएको तर्क गरेका छन् । उनले आज प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरीका तर्फबाट राय पेस गर्दै संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटन गर्ने अधिकार बहुमत प्राप्त प्रधानमन्त्रीलाई भएको तर्क गरेका हुन् । 

उनले भने, ‘संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमत प्राप्त प्रधानमन्त्रीलाई पनि छ ।’

त्यस्तै उनले सरकार गठन गर्न कुनै पार्टी तयार नभएको अवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने तर्क गरे ।

उनले भने,  ‘पार्टीभित्र जन्जाल र समस्या उत्पन्न भएमा सरकारको काममा बाधा नपार्न संसद् विघटन गर्ने हो ।’ 

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्