Kathmandu Press

भागरथी बलात्कार–हत्याका अभियुक्त सार्वजनिक

काठमाडौं, फागुन ५ :  भागरथी भट्टको बलात्कार–हत्याका  अभियुक्त दिनेश भट्टलाई आज  सार्वजनिक गरिएको छ । प्रहरीले पत्रकार सम्मेलनमार्फत अभियुक्त सार्वजनिक गरेको हो ।सुदूरपश्चि...
भागरथी बलात्कार–हत्याका अभियुक्त सार्वजनिक

काठमाडौं, फागुन ५ :  भागरथी भट्टको बलात्कार–हत्याका  अभियुक्त दिनेश भट्टलाई आज  सार्वजनिक गरिएको छ । प्रहरीले पत्रकार सम्मेलनमार्फत अभियुक्त सार्वजनिक गरेको हो ।

सुदूरपश्चि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले अभियुक्तले हत्या स्वीकार गरेको बताए । उनले थप अनुसन्धान जारी रहेको र अदालती प्रक्रिया सुरु हुने जनाए ।

घटनाको १३औँ दिनमा अभियुक्त दिनेश भट्ट  पक्राउ परेका हुन् । अभियुक्त दिनेश पनि सनातन धर्म माध्यमिक विद्यालयमा पढ्थे ।

बैतडीकाे दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया  भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो। वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन्। त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो।

प्रकाशित मिति: १५:१८ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्