Kathmandu Press

विदेशी शक्तिको आडमा अघि बढ्ने प्रवृत्ति पुनरावृत्ति भइरहेको छ : श्रेष्ठ

विदेशी शक्तिको आडमा अघि बढ्ने प्रवृत्ति पुनरावृत्ति भइरहेको छ : श्रेष्ठ

काठमाडौं, फागुन ५ : नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा पुनः वैदेशिक्षक हस्तक्षेप बढ्दै गइरहेको दाबी गरेका छन् । उनले संविधान र लोकतन्त्रमाथि प्रहार गरिएकाले देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएको दाबी गरेका हुन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘देश गम्भीर संकटबाट गुज्रँदै छ । संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ ।’

श्रेष्ठले  विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको बताए  । उनले भने, ‘विदेशी शक्तिहरु  कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका  छन् ।’

श्रेष्ठले वैदेशिक हस्तक्षेपलाई परास्त  गर्न आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्