Kathmandu Press

डु प्लेसिसले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

नयाँ यात्राका लागि सही समय भएको भन्दै डु प्लेसिसले टेस्ट क्रिकेट त्याग्ने घोषणा गरेका हुन्। उनले एकदिवसीय र टि–२० क्रिकेटलाई भने निरन्तरता दिने छन्।
डु प्लेसिसले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

काठमाडौं,फागुन ५ : दक्षिण अफ्रीकाका पूर्वकप्तान फाफ डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३६ वर्षीय डु प्लेसिसले बुधबार सामाजिक संजाल इन्स्टाग्रामबाट स्टाटस पोस्ट गर्दै सेतो जर्सी त्याग्ने घोषा गरेका हुन् ।

नयाँ यात्राका लागि सही समय भएको भन्दै डु प्लेसिसले टेस्ट क्रिकेट त्याग्ने घोषणा गरेका हुन्। उनले एकदिवसीय र टि–२० क्रिकेटलाई भने निरन्तरता दिने छन्।

दक्षिण अफ्रीकाका लागि प्लेसिसले ६९ टेस्ट खेलेका छन् । जसमाले उनले १० शतक र २१ अर्धशतक मद्दतमा चार हजार एक सय ६३ रन बनाएका छन् ।  सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा डेब्यू गरेका उनको १९९ रन सर्वाधिक स्कोर हो।

पाकिस्तान भ्रमण सकिए लगत्तै डु प्लेसिसले सन्न्यासको घोषणा गरेका हुन्। पाकिस्तानविरुद्धको दुई टेस्टको ४ इनिङमा उनले ५५ रन मात्र बनाउन सकेका थिए।

डु प्लेसिसले एक सय ४३ एकदिवसीय र ५० टि–२० खेल खेलेका छन्।

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्