Kathmandu Press

वरिष्ठ अधिवक्ता खरेलको तर्क– प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न होइन

काठमाडौं, फागुन ५ : वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले संविधानमा नलेखिएको कुरामा अधिकार छ  भन्न नमिल्ने तर्क पेस गरेका छन्  । प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस...
वरिष्ठ अधिवक्ता खरेलको तर्क– प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न होइन

काठमाडौं, फागुन ५ : वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले संविधानमा नलेखिएको कुरामा अधिकार छ  भन्न नमिल्ने तर्क पेस गरेका छन्  । प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरीका तर्फबाट बहस गर्दै खरेलले संविधानमा नलेखिएको कुरामा अधिकार छ भन्न नमिल्ने तर्क पेस गरेका हुन् ।

उनले भने, ‘एक सांसदलाई हटाउँदा यो संविधान बोल्छ, प्रधानमन्त्रीलाई हटाउँदा पनि बोल्छ तर जनताको सार्वभौमिकता प्रयोग गर्ने ठाउँ खारेज गर्नुपर्‍यो भने बोल्दैन । तसर्थ संविधानमा नलेखिएको कुराको अधिकार छ भन्न मिल्दैन ।’

त्यस्तै खरेलले संसद् अधिवेशन बोलाउने विषय राजनीतिक भए पनि संसद् विघटनलाई राजनीतिक प्रश्न भन्न नमिल्ने तर्क पेस गरे । उनले भने, ‘संसद् अधिवेशन छ महिनाभन्दा बढी ग्याप राखेर नबोलाउनु राजनीतिक प्रश्न हो तर प्रतिनिधिसभा विघटनलाई राजनीतिक प्रश्न भन्न मिल्दैन । यो संवैधानिक प्रश्न हो ।’

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्