Kathmandu Press

लेखक अभिजित रोयको हत्या आरोपमा बंगलादेशमा ५ जनालाई मृत्युदण्ड

लेखक अभिजित रोयको हत्या आरोपमा बंगलादेशमा ५ जनालाई मृत्युदण्ड

ढाका, फागुन ५ : बंगलादेशको राजधानी ढाकास्थित विशेष अदालतले हिजो सन् २०१५ मा नास्तिकवादी विज्ञान लेखक अभिजित रोयको निर्मम हत्या आरोपमा प्रतिबन्धित संगठन अन्सार–अल–इस्लामका पाँच सदस्यलाई मृत्युदण्ड र अर्का एकजनालाई आजीवन कारावास सुनाएको छ ।

फैसला सुनाउँदा न्यायाधीशले अभिजित रोयले आफ्नो अभिव्यक्ति स्वतन्त्रताका लागि जीवन अर्पण गरेको उल्लेख गरे । ‘रोयको हत्याको उद्देश्य अभिव्यक्ति स्वतन्त्रतालाई दमन गर्नु र डरको वातावरण सिर्जना गर्नु हो ताकि कसैले पनि स्वतन्त्र रूपमा आफ्नो विचार व्यक्त गर्न नपाओस्,’ न्यायाधीशले भने ।

Hardik ivf

यो विशेष अदालतले गरेको दोस्रो फैसला हो । यसै साताको सुरुमा विशेष अदालतले अभिजित रोयको पुस्तक प्रकाशन गर्ने दिपोनका हत्यारालाई पनि मृत्युदण्ड तोकिएको थियो ।

अभिजित रोय बंगलादेशमा जन्मेका अमेरिकी नागरिक थिए, जसले इस्लामिक कट्टरपन्थविरूद्ध पुस्तक प्रकाशन गरेका थिए । ढाकामा इस्लामिक कट्टरपन्थीको एउटा समूहले उनको हत्या गरेको हो । उनकी श्रीमती पनि आक्रमणमा परी गम्भीर घाइते भएकी थिइन् ।
 

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्