खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहरामा महानगरले चलायो डोजर
काठमाडौं, फागुन ५ : काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काएको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीका अनुसार बुधबार बिहान महानगरपालिकाले...
काठमाडौं, फागुन ५ : काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काएको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीका अनुसार बुधबार बिहान महानगरपालिकाले बसपार्क क्षेत्रबाहेकका संरचना डोजर लगाएर भत्काएको हो ।
त्यसअघि अभियन्ताहरुले खुलामञ्चलाई खुल्ला राख्नुपर्ने भन्दै विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।
अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ध्यान नदिई सडकमा आमसभा गर्ने गरेको भन्दै सरकारको आलोचना भएको थियो ।
प्रकाशित मिति: १०:५३ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











