Kathmandu Press

ओली सरकारको पतन अव धेरै टाढा छैन : गगन थापा 

काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले बैतडीको डिलासैनीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा ओली पक्षका कार्यकर्ताले गरेको आक्रमणका निन्दा गरेका...
ओली सरकारको पतन अव धेरै टाढा छैन : गगन थापा 

काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले बैतडीको डिलासैनीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा ओली पक्षका कार्यकर्ताले गरेको आक्रमणका निन्दा गरेका छन् ।

थापाले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स मार्फत हिंसा कायरहरूको हतियार हो भन्दै उक्त घटनाको निन्दा गरेका हुन् । उनले लेखेका छन्, ‘निषेध र आक्रमणको यो शैली सत्ता शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र  वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।’ 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ओली पक्षका कार्यकर्ताले आक्रमण गरेका थिए । 
 

प्रकाशित मिति: ०९:०५ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्