च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित
काठमाडौं, फागुन ५ : इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ ।अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति जर्मन क्लब...
काठमाडौं, फागुन ५ : इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ ।
अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति जर्मन क्लब आरबी लाइपजिगलाई लिभरपुलले २-० गोलले पराजित गरेको हो । हंगेरीको पुस्कास एरिनामा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।
लिभरपुलका लागि ५३औँ मिनेटमा सलाहले र ५८औँ मिनेटमा मानेले गोल गरे । दोस्रो लेग खेल लिभरपुलको मैदानमा मार्च १० मा हुनेछ ।
लिभरपुल २४ खेलबाट ४० अंकसहित छैटौं स्थानमा रहँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटीको २३ खेलमा ५३ अंक छ ।
प्रकाशित मिति: ०८:२४ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











