Kathmandu Press

अविश्वास प्रस्तावमाथीको छलफल नगराउन विशेष कारण भन्दैं प्रदेश सभा वैठक स्थगित 

काठमाडौं, फागुन ५ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्तावमाथी आज पनि छलफल नहुने भएको छ ।आजका लागि बोलाइएको बागमती प्रदेश सभाको...
अविश्वास प्रस्तावमाथीको छलफल नगराउन विशेष कारण भन्दैं प्रदेश सभा वैठक स्थगित 

काठमाडौं, फागुन ५ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्तावमाथी आज पनि छलफल नहुने भएको छ ।

आजका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको थियो । यसअघि सोमबार बसेको प्रदेशसभाको बैठक आजका लागि बैठक बोलाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसयता प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल हुन सकेन ।

अविश्वासको प्रस्ताव छल्न विना कारण बैठक स्थगित गरिएको भन्दै प्रचण्ड माधव समूले गत माघ १९ मा नारावाजीसमेत गरेका थिए । पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै विभाजित बनेको नेकपामा प्रचण्ड माधव पक्षधरको बहुमत रहेको प्रदेशसभामा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । 

प्रकाशित मिति: ०८:१३ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्