महाधिवेशनको नयाँ मिति तय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, फागुन ५ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
यहि फागुन ७ गतेदेखि १० गते सम्म हुने भनिएको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा पार्टीको आन्तरिक समस्या, क्रियाशिल सदस्यता वितरण लगायतका विषयमा पनि छलफल हुने छ ।
प्रकाशित मिति: ०८:०४ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











