Kathmandu Press

एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोनाविरूद्ध पीएसजीको शानदार जित 

काठमाडौं, फागुन ५ : यूईएफ च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बार्सिलोनाविरूद्ध शानदार जित हात पारेको छ ।अन्तिम १६ चरणको पहिलो लिगमा पीएसजीले बार्सिलोनालाई उसकै...
एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोनाविरूद्ध पीएसजीको शानदार जित 

काठमाडौं, फागुन ५ : यूईएफ च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बार्सिलोनाविरूद्ध शानदार जित हात पारेको छ ।

अन्तिम १६ चरणको पहिलो लिगमा पीएसजीले बार्सिलोनालाई उसकै घरेलु मैदानमै ४-१ को फराकिलो गा्ल अन्तरले हराएको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

एम्बाप्पेले खेलको ३२, ६५ र ८५औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै मोइज कीनले पिएसजीका लागि खेलको ७०औ मिनेटमा एक गोल गरेका थिए।

यसअघि खेलको २७ औ मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेसीले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए। अब दोस्रो लिग पिएसजीको घरेलु मैदानमा मार्च १० गते राति हुने छ। 

प्रकाशित मिति: ०७:३२ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्