Kathmandu Press

भारतमा थपिए ११ हजार नयाँ कोरोना संक्रमित 

काठमाडौं, फागुन ५ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ९४९ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १०९...
भारतमा थपिए ११ हजार नयाँ कोरोना संक्रमित 

काठमाडौं, फागुन ५ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ९४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ९४९ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ७९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ३७ हजार  १०९ पुगेको छ । भारतमा १ करोड ६ लाख ४२ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३८ हजार २५४ छ ।

प्रकाशित मिति: ०७:२६ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्