Kathmandu Press

एक सातामै फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिका हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ कायम गरिएकाे छ।
एक सातामै फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं, फागुन ४ : सरकारले एक सातामै दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यस अघि माघ २८ मा मूल्य बृद्धि गरेको थियो।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको छ।

मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिका हवाई इन्धनको मूल्य प्रतिलिटर ६७ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको जनाएको छ। अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख घाटा नै रहने छ।

यो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवसथापन गरिनेछ। मूल्य समायोजन पश्चात् पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ २९ पैसा र डिजल प्रतिलिटर ४१ रुपैयाँ ४३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमका प्रवक्ता उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २१:१७ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्