Kathmandu Press

भारतबाट काेराेना खोप खरिद गर्ने बाटो खुल्यो, अग्रिम भुक्तानी दिने सरकारको निर्णय

काठमाडौं, फागुन ४ : सरकारले भारतबाट कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड गरिद गर्ने भएको छ। यसका लागि अग्रिम भुक्तानी दिनसक्ने निर्णय गरेको छ।मंगलबार बसेको...
भारतबाट काेराेना खोप खरिद गर्ने बाटो खुल्यो, अग्रिम भुक्तानी दिने सरकारको निर्णय

काठमाडौं, फागुन ४ : सरकारले भारतबाट कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड गरिद गर्ने भएको छ। यसका लागि अग्रिम भुक्तानी दिनसक्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठक भारतमा बनेको कोभिसिल्ड खोप खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो। भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको चार डलरमा खरिद गर्ने सहमति भएको थियो। तर, भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन।

विद्यमान खरिद ऐन र नियमावलीअनुसार, खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने व्यवस्था छ। तर, भारतको सिरम इन्स्टिच्यूटले खोपको अग्रिम भुक्तानी गर्नुपर्ने जनाएको थियो।

अब खोरिद गर्न सहज पार्न मन्त्रिपरिषद्ले अग्रमि भुक्तानी गर्नसक्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताए। उनका अनुसार, सरकारले भारतबाट २० लाख डोज खोप खरिद गर्न लागेको हो।

मन्त्री त्रिपाठीले राष्ट्र बैंकमार्फत तत्कालै ८० प्रतिशत अग्रिम भुक्तानी पठाइने बताए। कम्पनीले ब्याच नम्बर हाल्न थालेपछि बाँकी २० प्रतिशत भुक्तानी पठाइने उनको भनाइ छ। त्यो रकम कम्पनीले खोप पठाउन अघि नै भुक्तानी गरिने मन्त्री त्रिपाठीले बताए।

सरकारको यो निर्णयसँग तत्काल खोप खरिद गर्ने बाटो खुलेको छ। यसअघि भारतले नै १० लाख डोज कोभिसिल्ड खोप दिएको थियो। अहिले सरकारले त्यहि खोप लगाइरहेको छ।

त्यस्तै, चीनले पाँच लाख डोज खोप दिने प्रतिवद्धता गरेको छ। यससँगै कोभ्याक्स सुविधामार्फत विश्व स्वास्थ्य संगठनले २२ लाख डोज खोप दिने भएको छ। ति खोप आउन भने समय लाग्नेछ।

प्रकाशित मिति: २०:४३ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्