Kathmandu Press

दोस्रो प्राथमिकतामा दुई लाख ६२ हजारलाई खोप लगाइदै, कुन प्रदेशमा कति?

काठमाडौं, फागुन ४ : कोरोना भाइरसविरुद्ध पहिलो चरणअन्तर्गत दोस्रो प्राथमिकतामा परेका दुई लाख ६२ हजारभन्दा बढीलाई लगाइने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
दोस्रो प्राथमिकतामा दुई लाख ६२ हजारलाई खोप लगाइदै, कुन प्रदेशमा कति?

काठमाडौं, फागुन ४ : कोरोना भाइरसविरुद्ध पहिलो चरणअन्तर्गत दोस्रो प्राथमिकतामा परेका दुई लाख ६२ हजारभन्दा बढीलाई खाेप लगाउन थालिएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारदेखि सुरु भएको दोस्रो प्राथमिकतामा दुई लाख ६२ हजार आठ सय ७६ जनालाई खोप लगाइनेछ। यसमा सरकारी कर्मचारी, जनप्रतिनिधि र पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनमा काम गर्नेहरु रहेका छन्।

भारतले १० लाख खोप दिएको थियो। ति खोप चार लाख ३० हजारलाई लगाउने सरकारको लक्ष्य थियो। फ्रन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई लगाएपछि दोस्रो प्राथमिकतामा परेका नागरिकलाई लगाउन थालिएको हो।

दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई एक साताभित्र खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए। उनका अनुसार दोस्रो प्राथमिकतामा परेका सातै प्रदेशका नागरिकलाई खोप लगाइनेछ।

यसमा प्रदेश १ का ३९ हजार चार सय ९६, प्रदेश २ का ३४ हजार पाँच सय ७२ र बागमती प्रदेशका ८१ हजार तीन सय ७० लाई खोप लगाइनेछ। त्यस्तै, गण्डकी प्रदेशका २५ हजार आठ सय ७२, लुम्बिनी प्रदेशका ४० हजार पाँच सय ३८, कर्णाली प्रदेशका १९ हजार ६ सय ३९ र सुदूरपश्चिम प्रदेशका २१ हजार दुई सय ९३ जना रहेका छन्।

यसपछि अर्को चरणमा चीनले दिन पाँच लाख खोप र कोभ्याक्स सुविधामार्फत विश्व स्वास्थ्य संगठनले दिने २२ लाख खोप लगाइने भएको छ।

प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्