भारतबाट आमा र दुई छोराको उद्धार
सिरहा, फागुन ४ : घरबाटै बेपत्ता भएका आमा र दुई छोराको इन्टरपोल शाखाको समन्वयमा सकुशल उद्धार गरिएको छ । सिरहा नगरपालिका–७ स्थित आफ्नै घरबाट...
सिरहा, फागुन ४ : घरबाटै बेपत्ता भएका आमा र दुई छोराको इन्टरपोल शाखाको समन्वयमा सकुशल उद्धार गरिएको छ । सिरहा नगरपालिका–७ स्थित आफ्नै घरबाट गत २७ मंसिरदेखि बेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोरालाई भारतको नयाँ दिल्लीबाट शनिबार सकुशल उद्धार गरिएको हाे ।
भारतीय नागरिक ललन कुमारले फोनमा उनीहरुको ज्यान चाहिएमा ७ लाख नेपाली रुपैयाँ मेरो खातामा हालिदिनु भन्दै धम्की दिएको भन्ने पीडितका आफन्तले प्रहरीमा खोजतलासका लागि जाहेरी दिएका थिए ।
प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












