Kathmandu Press

आविश्वन र अक्षर चम्किँदा इंग्ल्यान्डमाथि भारतको सानदार जित

काठमाडौं, फागुन ४ : रविचन्द्रन आविश्वन र अक्षर पटेलले सानदार प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा  सानदार जित निकालेको छ। चेन्नईस्थित चिन्नास्वामी रंगशालामा...
आविश्वन र अक्षर चम्किँदा इंग्ल्यान्डमाथि भारतको सानदार जित

काठमाडौं, फागुन ४ : रविचन्द्रन आविश्वन र अक्षर पटेलले सानदार प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा  सानदार जित निकालेको छ। चेन्नईस्थित चिन्नास्वामी रंगशालामा आश्विन र अक्षरले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले इंग्ल्यान्डमाथि ३१७ रनको फराकिलो जित निकाल्यो। 

भारतलाई सानदार जित दिलाउनेक्रममा आश्विनले ८ विकेट र शतकीय योगदान दिए भने अक्षरले ७ विकेट लिए। दोस्रो इनिङमा अक्षर पटेलले उत्कृष्ट बलिङ गरेपछि ४८२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६४ रनमै अलआउट भयो। उसका लागि मोइन अलीले सर्वाधिक ४३ रन बनाउँदा कप्तान जो रुटले ३३, डान लउरेन्सले २६ र रोय बुर्नसले २५ रनको योगदान दिए । इंग्ल्यान्डको इनिङ धरासायी बनाउनेक्रममा इंग्ल्यान्डका सबै विकेट स्पिनरले लिए । जसमा अक्षरले ५ विकेट लिए भने आविश्वनले ३ र कुलदीप यादवले २ विकेट लिए। 

तेस्रो दिन रविचन्द्रन आविश्वनले शतकीय योगदान दिएपछि भारतले इंग्ल्यान्डलाई जितका लागि ४८२ रनको विशाल लक्ष्य दिएको हो। आविश्वनको १०६ रन बनाएपछि भारत दोस्रो इनिङमा २८६ रनमा अलआउट भएको थियो । आश्विनका अलावा कप्तान विराट कोहलीले ६२ रनको योगदान दिए। इंग्ल्यान्डका मोइन अली र ज्याक लिचले समान ४ विकेट लिए ।

यसअघि ओपनर रोहित शर्माले शानदार शतक प्रहार गरेपछि पहिलो इनिङमा भारतले ३२९ रन बनाएको थियो। ज्याक लिचको बलमा मोइन अलीद्वारा क्याच आउट हुनुअघि रोहितले दुई सय ३१ बल खेल्दै एक सय ६१ रन बनाए। उनले १८ चौका र दुई छक्का प्रहार गरे। यस्तै अजिक्का रहानेले ६७ रन बनाउँदा ऋषव पन्तले ५८ रन बनाए। इंग्ल्यान्डका मोइन अली चार र ओली स्टोनले ३ विकेट लिए ।

चेन्नईस्थित चिन्नस्वामी स्टेडियममा पहिलो इनिङमा इंग्ल्यान्ड १३४ रनमै आउलआउट भएको थियो। खराब ब्याटिङ गरेको इंग्ल्यान्डका लागि बेन फोकसले सर्वाधिक ४२ रन बनाए भने ओली पोपले २२, बेन स्टोक्सले १८ र डम सिब्लेले १६ रनको योगदान दिए । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा रविचन्द्रन आश्विनले २३।५ओभरमा ४३ रन खर्चेर ५ विकेट लिए । यतै, इशान्त शर्मा, अक्षर पटेलले समान २ विकेट लिए ।

अलराउन्ड प्रदर्शन गरेका आश्विन प्लेयर अफ दी म्याच घोषित भए । योसँगै चार टेस्टको सिरिज १–१को बराबरीमा आएको छ। चेन्नईमै भएको पहिलो टेस्ट इंग्ल्यान्डले २२७ रनले जितेको थियो । 

भारत भ्रमणमा रहेको इंग्ल्यान्डले ४ खेलको टेस्ट, ५ खेलको टि–२० र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ।

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्