Kathmandu Press

भागरथी हत्या प्रकरणका दोषीलाई चाँडै कठघरामा उभ्याउँछौं : गृहमन्त्री

भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणलाई टुंगोमा पु¥याउने गरी अनुसन्धान भइरहेको गृहमन्त्री थापाले बताए । उनले भागथरीको हत्या प्रकरण निर्मला पन्तकोजस्तो भट्टको घटना जटिल नरहेको पनि उनले बताए । यो घटनामा सरकार गम्भीर भएको पनि उनले बताएका छन् । 
भागरथी हत्या प्रकरणका दोषीलाई चाँडै कठघरामा उभ्याउँछौं : गृहमन्त्री

काठमाडौं, फागुन ४ : गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिलाई चाँडै कानुनी कठघरामा उभ्याउने बताएका छन् । ज्ञापन पत्र बुझाउन आएको सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिको टोलीसँग गृहमन्त्री थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको बताउँदै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणलाई टुंगोमा पु¥याउने गरी अनुसन्धान भइरहेको गृहमन्त्री थापाले बताए । उनले भागथरीको हत्या प्रकरण निर्मला पन्तकोजस्तो भट्टको घटना जटिल नरहेको पनि उनले बताए । यो घटनामा सरकार गम्भीर भएको पनि उनले बताएका छन् । 

महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहोर्‍याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको पनि बताए । उनले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको समेत जनाए ।
 
प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्