Kathmandu Press

मंगल ग्रह यात्रापछि पृथ्वीको गर्भमा अनुसन्धान अगाडि बढाउँदै चीन

पृथ्वीको गर्भमा अनुसन्धान अगाडि बढाउन अन्तर्राष्ट्रिय प्रतिष्ठाप्राप्त अध्ययन संस्थान खडा गर्ने चिनियाँ लक्ष्य छ । त्यसले अनुसन्धानका लागि प्रमाण संकलन गर्ने र गहिराइसम्म पुगेर अन्वेषण गर्नेछ ।
मंगल ग्रह यात्रापछि पृथ्वीको गर्भमा अनुसन्धान अगाडि बढाउँदै चीन

बेइजिङ, फागुन ४ : आफ्नो अन्तरिक्ष यानलाई मंगल ग्रहको कक्षमा स्थापित गराएपछि चीनले पृथ्वीको गर्भमा अनुसन्धान थाल्ने योजना अगाडि सारेको छ ।

त्यसका लागि चीनले ‘डीप–अर्थ साइन्स र एडभान्स डिटेक्सन टेक्नोलोजी’ निर्माणको तयारी थालेको छ । चिनियाँ प्राकृतिक संशाधन मन्त्रालय (एमएनआर) अनुसार चिनियाँ भू–वैज्ञानिक विज्ञान एकेडेमीको संयोजकत्वमा प्रयोगशाला परीक्षण थालिने छ ।

Hardik ivf

पृथ्वीको गर्भमा अनुसन्धान अगाडि बढाउन अन्तर्राष्ट्रिय प्रतिष्ठाप्राप्त अध्ययन संस्थान खडा गर्ने चिनियाँ लक्ष्य छ । त्यसले अनुसन्धानका लागि प्रमाण संकलन गर्ने र गहिराइसम्म पुगेर अन्वेषण गर्नेछ ।

हाल विभिन्न मुलुकमा विद्यमान अल्ट्रा–डिप बोरहोललगायत प्रविधिमा सहयोग गर्ने योजना पनि चीनको छ । पृथ्वीको गहिराइबाट विभिन्न प्रमाण संकलन र अन्वेषणका लागि उपकरण साझेदारीलाई पनि प्रोत्साहन गरिने मन्त्रालयले जनाएको छ ।

पृथ्वीको गहिराइमा प्रशस्त ऊर्जा, औद्योगिक कच्चा पदार्थ र पानीका स्रोतहरू छन् । ‘डिप–अर्थ’ अन्वेषणले वातावरणसहित चरम चाप र तापमानका धेरै चुनौती सामना गर्न सहज हुने अपेक्षा चिनियाँ वैज्ञानिकहरूको छ । ‘प्रयोगशाला रणनीतिक आवश्यकतामा केन्द्रित हुनेछ र यस क्षेत्रमा नवीनतालाई प्रोत्साहन गरिनेछ,’ मन्त्रालयले भनेको छ ।

पिपुल्स डेलीबाट
 
प्रकाशित मिति: १४:४५ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्