Kathmandu Press

वरिष्ठ अधिवक्ता कार्कीको राय– संविधानमा के लेख्या छ, त्यति मात्र हेर्नुपर्छ

काठमाडौं, फागुन ४ :  वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा लेखिएको व्यवस्थालाई आधार मानेर प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्ने राय पेस गरेका छन् ।...
वरिष्ठ अधिवक्ता कार्कीको राय– संविधानमा के लेख्या छ, त्यति मात्र हेर्नुपर्छ

काठमाडौं, फागुन ४ :  वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा लेखिएको व्यवस्थालाई आधार मानेर प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्ने राय पेस गरेका छन् । आज वरिष्ठ अधिवक्ता कार्कीले एमिकस क्युरीका तर्फबाट राय दिने क्रममा संविधानभन्दा अन्त हेर्न नहुने राय पेस गरेका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभा विघटन मुद्दामा निर्णय दिँदा संविधानमा के लेख्या छ, त्यति मात्र हेर्नुपर्छ, अन्त हेर्ने होइन । एउटा लेख्या छ, अर्को होला भन्न पनि पाइन्न । जे लेख्या छ,  त्यही हेर्ने हो ।’

त्यस्तै उनले संविधान बनाउनेहरु संविधान धरापमा पर्‍यो भन्दै सडकमा उत्रिएकाले संस्था जोगाउनु मुख्य कुरा भएको बताए ।

प्रकाशित मिति: १३:५८ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्