Kathmandu Press

बाइडेनको आगमनसँगै अमेरिकामा टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

अमेरिका, फागुन ४ ः  अमेरिकामा टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी भएको छ ।  जो बाइडेनको आगमनसँगै टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी भएको हो ।चिनियाँ विश्लेषकले बाइडेन...
बाइडेनको आगमनसँगै अमेरिकामा टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

अमेरिका, फागुन ४ ः  अमेरिकामा टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी भएको छ ।  जो बाइडेनको आगमनसँगै टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी भएको हो ।

चिनियाँ विश्लेषकले बाइडेन प्रशासनले बुद्धिमानी कदम सुरु गरेको टिप्पणी गरेका छन् । उनका अनुसार यस निर्णयबाट  भिडियो साझा गर्ने एपको वृद्धिसँगै बढ्दो टेक्नोलोजी प्लेटफर्म, युएस इन्टरनेट क्षेत्रको सीमा विस्तार गरेर अर्थ व्यवस्थामा डेभलपर र प्रयोगकर्ताका लागि नयाँ अवसर  सिर्जना गर्छ । 

Hardik ivf

साउथ चाइना मर्निङ पोस्टको एक रिर्पाेटअनुसार टिकटकको मूल कम्पनी बाइटडान्सले  ट्रम्पको बाहिर्गमनसँगै सम्पत्ति बेच्ने योजना बदलेको छ । 

‘यो सम्झौता मुख्य रूपले ट्रम्प प्रशासनको मागलाई पूरा गर्न डिजाइन गरिएको थियो तर ट्रम्प गइसकेका छन् र डिल पनि रद्द भएको छ,’ स्रोतले भन्यो ।

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाको विषय देखाएर अमेरिकी कम्पनी वा अमेरिकी कम्पनीको समूहलाई टिकटक बेच्न आदेश दिएका थिए । त्यतिबेला ओराकल र वालमार्टले माइक्रोसफ्टलाई उछिन्दै  टिकटक किन्न  पहिलो स्थान लिएका थिए ।

२०२० मा अमेरिकी मोबाइल एपको श्रेणीकरणमा टिकटक पहिलो स्थानमा थियो । हाल अमेरिकामा १० करोडभन्दा बढीले टिकटक प्रयोग गर्छन् । यो संख्या अमेरिकी जनसंख्याको एक तिहाइ हो । 

प्रकाशित मिति: १३:४२ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्