Kathmandu Press

च्यम्पियन्स लिगको नकआउट चरण आजबाट

आज राति हुने अन्तिम–१६को पहलिो लेगमा दुई खेलमा गत सिजनको फाइनलिस्ट फ्रेन्च क्लब पिएसजी र स्पेनिस क्लब बार्सिलोना तथा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब आरबी लेइपजिग भिड्ने छन् । 
च्यम्पियन्स लिगको नकआउट चरण आजबाट

काठमाडौं, फागुन ४ : क्लब फुटबलको सबैभन्दा लोकप्रिप प्रतियोगिता युईएफए च्याम्यियन्स लिगको नकआउट चरण आजबाट सुरु हुँदै छ। आज राति दुई खेल भएसँगै च्याम्पियन्स लिगको नकआउट चरण सुरु हुनेछ।

आज राति हुने अन्तिम–१६को पहलिो लेगमा दुई खेलमा गत सिजनको फाइनलिस्ट फ्रेन्च क्लब पिएसजी र स्पेनिस क्लब बार्सिलोना तथा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब आरबी लेइपजिग भिड्ने छन् । 

पिएसीले क्याम्प नाउको भ्रमण गर्ने छ भने योर्गेन क्लोपको टिम लिरपुलले लेइपजिगको भ्रमण गर्ने छ । टिमदुवै खेल मंगलबा राति १ः४५ बजे सुरु हुने छ।

यसैगरी च्याम्पियन्स लिगकै अन्य खेलमा बिहीबार राति पनि दुई खेल हुने छ । बिहीबार राति सेभिया र बोरुसिया डर्टमन्ड भिड्ने छन् भने अर्को खेलमा युभेन्ट्सले पोर्टोको भ्रमण गर्ने छ। अन्य ४ खेल फेब्रुअरी २४ र २५ मा हुनेछ । फेब्रुअरी २४मा एट्लेटिको मड्रिड र चेल्सी तथा लाजियो र डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख भिड्ने छन्। यस्तै फेब्रुअरी २५मा एट्लान्टा र रियल मड्रिड तथा मोन्चेनग्लाबाच र म्यान्चेस्टर सिटी भिड्ने छन्।

नेमार र डि मारियाको चोटले दबाबमा पिएसजी

आफ्ना स्टार खेलाडीविनै क्याम नाउको भ्रमणमा निस्किएको फ्रेन्च क्लब पिएसजी दबाबमा देखिएको छ। बार्सिलोनाविरुद्धको खेल अगाडि ब्राजिलियन स्टार नेमार र अर्जेन्टिनी मिडफिल्डर एन्जेल डि मारिया घाइते भएपछि माउरिसयो पोचेटिनोको टिम दबाबमा देखिएको छ । अर्का मिडफिल्डर मार्को भेराटी फिट भएपछि उसलाई केही राहत भनेको छ।

डि मारिया लिग वानअन्तर्गत गत साता भएको मार्सेलीविरुद्धको खेलमा घाइते भएका थिए भने नेमार यसैसाता फ्रेन्च कपको केइनविरुद्धको खेलमा घाइते भएका छन्। नेमार र डि मारिया घाइते भएपछि पिएसजीको मुख्य हतियार किलियन एम्बाप्पेसँग हुनेछन्।

यो सिजन ठिकठाक मात्र प्रदर्शन गरिरहेको स्पेनिस जाइन्ट बार्सिलोना पनि तनाबाबाट मुक्त भने छैन। आफ्ना भेट्रान डिफेन्डर जेरार्ड पिकेको अनुपस्थितिमा पछिल्लो समय बार्सिलोनाको डिफेन्स कमजोर देखिएको छ । पहिल्ला ६ खेलमा १० गोल खाएकाले पनि बार्सिलोनाको डिफेन्स कमजोर भएको पुष्टी गर्छ। पिके प्रशिक्षणमा फर्किसकेकाले बार्सिलोनालाई केही राहत भने मिलेको छ।

तर, प्रशिक्षक रोनाल्ड कोम्यानले पिके पिएसजीविरद्धको खेलमा टिममा हुनसक्ने बताएका छन् । ‘उनी प्रशिक्षणमा फर्किसकेका छन्, उनी चार–पाँच दिनदेखि निरन्तर ट्रेनिङमा छन्,’ कोमम्यानले भने। पिके टिममा फर्किए पनि अन्सु फाटी, फिलिपे काउटिन्हो, सर्जियो रोबर्ट र सर्जियो अरौजो भने टिममा हुने छैनन् ।

क्यान नेउमा हुने यो खेललाई मेसी भर्सेस एम्बाप्पेका रुपमा पनि हेरिएको छ। च्याम्पियन्स लिगको पछिल्ला तीन नकआउट भिडन्तमा बार्सिलोनाले पिएसजीलाई हराउँदै आएको छ । सन् २०१२÷१३मा क्वार्टरफाइलनमा बार्सिलोना र पिएसजी बीचको खेल ३–३गोलको बराबरीमास सकिए पनि अवे गोलका आधारमा बार्सिलोना विजयी भएको थियो। यस्तै, सन् २०१४÷१५मा यी दुई टिम क्वाटरफाइनरमै भिडे । त्यसबेला बार्सिलोना ५–१ले विजयी भएको थियो । यस्तै, सन् २०१६÷१७ भएको अन्तिम १६मा भएको भेटमा बार्सिलोनाले ६–५को जित निकालेको थियो।

नगेल्सम्यान भन्छन्, लिभरपुल बलियो

आजै राति इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लेइपजिगको सामाना गर्ने छ। दुई सिजन घरेलु फुटबल र च्याम्पिन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेको योर्गेन क्लपको लिभरपुल पछिल्लो समय खराब फर्ममा रहेकाले लेइपजिग लिभरपुलका लागि कठीन प्रतिद्वन्द्वीका विश्लेषकहरुले हरेका छन्।

विश्लेषकहरुले यस्तो धारणा राखेमा लेइजिगकै प्रशिक्षक जुलियन नगेल्सम्यानले भने लिभरपुल बलियो टिम भएको बताएका छन् । र, उनले त्यसले खेलको नतिजामा पनि असर गर्ने बताएका छन्। ‘लिभरपुलले घरेलु लिगमा खराब प्रदर्शन गरेपनि च्याम्पियन्स लिगमा निक्रै बलियो टिम हो । त्यसैले पनि मंगलबारको खेलमा लिभरपुलको सामना गर्दा हामी धेरै आत्मविश्वासी हुनु आवश्यक छैन,’ नागल्सम्यानले भनेका छन्। 

लिभरपुल र लेइपजिगबीचको खेल हंगेरीको बुडापेस्टमा हुने छ। जर्मन सरकारले कोभिड–१९ का कारण यात्रामा प्रतिबन्ध लगाएपछि लाइपजिग र लिभरपुलबीचको खेल बुडापेस्टको पुस्कास ऐरेनामा सारिएको हो । मंगबलार रातिको खेलमा पनि लिभरपुललाई भिर्गिल भान डाइकको अभाव भने खड्किने छ। लामोसमयदेखि मैदान बाहिर रहेका भान डाइकको अनुस्थितिमा लिभरपुलको डिफेन्स कमजोर देखिएको छ।

प्रकाशित मिति: १३:३६ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्