Kathmandu Press

सावित्राले राष्ट्रिय लिगका बाँकी खेल गुमाउने

सोमबार पुलिसविरुद्धको खेलमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् । बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा चोट लागेको थियो । एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले पनि सावित्राले लिगका बाँकी खेल गुमाउने बताएकी छिन् ।
सावित्राले राष्ट्रिय लिगका बाँकी खेल गुमाउने

काठमाडौं,फागुन ४ : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय महिला लिगका बाँकी खेल गुमाउने भएकी छिन्।  सोमबार भएको विभागीय भीडन्तमा पुलिसविरुद्धको खेलमा घाइते भएपछि सावित्राले लिगका बाँकी खेल गुमाउने भएकी हुन्।

सोमबार पुलिसविरुद्धको खेलमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि सावित्रा घाइते भएकी थिइन् । बल हान्ने क्रममा ल्याण्डिङ नमिलेर उनको खुट्टामा चोट लागेको थियो । एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले पनि सावित्राले लिगका बाँकी खेल गुमाउने बताएकी छिन् । प्रशिक्षक थापाले एमआरआई गरिएको र रिपोर्ट आएपछि मात्रै उनको चोटको थप बताउन सकिने बताएकी छिन् । 

सावित्रकाको उत्कृष्ट प्रदर्शन मद्दतमा लगातार १० जित निकालेको एपिएफ लिगको उपाधि नजिक छ। २ खेलमा १ जितमात्र निकाले एपिएफ च्याम्पियन बन्ने छ। सावित्रा घाइते भएको खेलमा एपिएफले पुलिसविरुद्ध २–१को जित निकालेको थियो। सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् । 

एपीएफकी प्रशिक्षक थापाले सावित्रा खुट्टा फोल्ड गर्न सक्ने अवस्थामा भकाले उनी विनानै एपिएफ मैदान उत्रिने बताएकी छिन् । बुधबार हुने खेलमा एपिएफले विराटनगरको सामाना गर्ने छ। सो खेलमा जित निकालले एक खेल अगावै एपिएफ च्याम्पियन बन्ने छ।

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्